माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
बिहीबार, ०४ वैशाख २०८२, १३ : १५
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ ।
उक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।
विराटनगर महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए ।
सम्मेलनको बन्दसत्र वैशाख ८ गते हुने मण्डलले जानकारी दिए । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने छ । महानगर अध्यक्षको लागि हालकी सचिव नमिता न्यौपाने र उपाध्यक्ष देव राजवंशीले दाबी गरेका छन् ।
दुई जनाबीच सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण