माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
बिहीबार, ०४ वैशाख २०८२, १३ : १५

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ ।
उक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।
विराटनगर महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए ।
सम्मेलनको बन्दसत्र वैशाख ८ गते हुने मण्डलले जानकारी दिए । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने छ । महानगर अध्यक्षको लागि हालकी सचिव नमिता न्यौपाने र उपाध्यक्ष देव राजवंशीले दाबी गरेका छन् ।
दुई जनाबीच सहमति हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत