नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।
क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ । सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौँ सेमेस्टरमा अध्ययनरत छन् । नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको छ।
नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनबीच गठबन्धन बनेको छ। उक्त गठबन्धनमा अनेरास्ववियुले सभापति पदमा, अखिल (क्रान्तिकारी) ले सचिव र सदस्य पदमा उम्मेदवारी दिने सहमति भएको छ।
नेविसंघले भने उक्त गठबन्धनलाई ‘आफूमाथि लक्षित गठबन्धन’ को रूपमा व्याख्या गरेको छ। नेविसंघले पहिलो पटक मुस्लिम समुदायका विद्यार्थीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण