दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
नवलपरासी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल-नारायणगढ सडकको आकस्मिक रूपमा स्थलगत निरीक्षण गरेका छन् ।
विस्तारको क्रममा रहेको सो सडक खण्डको निरीक्षणका क्रममा दाहाल सहितको टोलीले दाउन्ने क्षेत्रमा भई रहेको निर्माण कार्य बारे समेत जानकारी लिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भुधरातलका कारण सवारी साधनहरू केहि समय बन्द गराएर विस्तारको काम भई रहेको छ ।
सवारी आवागमन रोकेर काम गर्दा यात्रुहरूले सास्ती खेप्नु परेको गुनासो समेत आउने गरेको छ । तर, सके सम्म कम समस्या हुने गरी समय व्यवस्थापन गरेर निर्माणको काम भई रहेको आयोजनाले जनाएको छ ।
एशियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार भई रहेको सडकको सो खण्डलाई प्राथमिकताका साथ निर्माणको काम अघि बढाइएको आयोजनाको भनाई छ ।
दाउन्ने क्षेत्रको निरीक्षणका क्रममा मन्त्री दाहालले सवारी साधन तथा यात्रुलाई सके सम्म कम समस्या हुने गरी निर्माणलाई गति दिन निर्देशन दिए । झरी पर्ने सुरु हुन लागेकाले त्यस तर्फ ध्यान दिँदै उनले वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उनको निर्देशन छ ।
सडक विस्तार तथा निर्माणको कार्य गरी रहेको एडिबी आयोजनाले सो जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरी काम भई रहेको जनाएको छ । आयोजना निर्देशक चुडाराज ढकालले सो स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्रे भन्दा ढलान प्रविधि उपयुक्त हुने बताएका छन् ।
सोही कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भई रहेको उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण