बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।
बाँदर धपाउन गएका ढकाललाई विद्युत्को पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली आज घटनास्थलमा गएको उनले बताए ।
बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो । उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए । जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो । विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।
घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण