डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
धनगढी । डोटीको बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१, बेडुपाटा खोलाको किनारमा सिकार खेल्ने क्रममा घटनामा परी सार्कीको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका नरेश सार्की, बडीकेदार–२ बर्छैनका तपन सार्कीका छोरा हुन्।
सिकारका लागि लिएको भरुवा बन्दुक अचानक पड्किँदा नरेश सार्कीको दायाँ छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले जानकारी दिए।
उक्त बन्दुक बडीकेदार–१ रजेडका ४८ वर्षीय कमल सिंह खड्काले बोकेका थिए।
घटनामा संलग्न रहेका बडीकेदार गाउँपालिका–१ रजेडका कमल सिंह खड्का (४८), खेम खड्का (२६), तारा सिंह खड्का (५२), बडीकेदार–२ बर्छैनका तेजेन्द्र भाट (३९), अम्मर शाह (४०), चक्र भाट (३१), सुनील बम (१८), गणेश घर्तीमगर (३७), मान बहादुर शाह (७१), तथा बडीकेदार–२ गर्भुजाका जुलेश नामजाली मगर (२६)लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण