हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार

रफाह । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको उसको भनाइ छ ।
हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियोमार्फत आफ्नो बयान जारी गरेका हुन् । आफूहरूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने यसमा हाय्याले भनेका छन् ।
इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको थियो । इजरायलले हमाससँग युद्ध विराम गर्न खोजेको भए पनि गाजामा हवाई आक्रमण भने रोकेको छैन ।
केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । तर यसबारे इजरायली सेनाले चाहिँ अहिलेसम्म केही भनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
गृहले भन्यो – अध्यागमन कार्यालयसँग जोडिएका समाचारबारे हाम्रो गम्भीर ध्यानाकर्षण छ
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्