हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
रफाह । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको उसको भनाइ छ ।
हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियोमार्फत आफ्नो बयान जारी गरेका हुन् । आफूहरूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने यसमा हाय्याले भनेका छन् ।
इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको थियो । इजरायलले हमाससँग युद्ध विराम गर्न खोजेको भए पनि गाजामा हवाई आक्रमण भने रोकेको छैन ।
केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । तर यसबारे इजरायली सेनाले चाहिँ अहिलेसम्म केही भनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण