कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने

काठमाडौँ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएका सभापति विमला सुवेदीले जानकारी दिइन् । यसवर्ष समितिले सङ्घीय संसदबाट जारी भएका कानुन कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बालसुधार गृहमा मानवअधिकारको अवस्थासम्बन्धी स्थगलत अनुगमन गरेको थियो ।
आगामी दिनमा देशका विभिन्न भागमा रहेका मध्यवर्ती क्षेत्रका जनताको मानवअधिकारसम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिएको सभापति सुवेदीले जानकारी दिइन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावका आधारमा मन्त्रालयले कानुन संशोधनको तयारी गरिरहेको जानकारी दिए । उनले केही कानुन संशोधनका लागि अन्तिम तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस कोरिया शाखामा धर्ना
-
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता
-
‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
-
सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते