आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
काठमाडौँ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो ।
रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकामा निर्वाचन स्थगित भएको थियो ।
उच्च अदालतको आदेशमा भनिएको छ,‘मिति २०८१/१२/१६ म हुने गरी तोकिएकोमा सो मितिमा निर्वाचन नभई स्थगित भएको र विभुवन विश्वविद्यालय स्वतन्त्र विधार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) से निर्धारण गरे बमोजिम १५ दिनभित्र निर्वाचन गर्ने गरी निर्वाचन मिति तोकेको समेत नदेखिँदा चुनाव नगर्ने गरी मिति २०८१/१२/१८ मा गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु र यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति तोकी निर्वाचन सम्बन्धी कार्य गर्नु गराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ यमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको सूचना विपक्षीहरुलाई दिनू ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण