नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
काठमाडौँ । पाइलट एशोसिएसन अफ नेपालले स्काईवेल पाइलट समिट गर्ने भएको छ । एशोसियनले नेपालमा पहिलो पटक यस्तो खालको समिट गर्न लागेको हो ।
शनिवार लैनचौरमा रहेको मल्ल होटेलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ गर्न लागेको हो । समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् ।
नेपालको पहिलो रियल इभी एसयुभीले समिटको स्पोन्सर गरेको छ । एशोसिएसन विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाइलटहरूको संस्था हो ।
पाइलटहरूको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका लागि अग्रसर रहँदै आएको छ ।
पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलका अनुसार समिटमा एसोसिएसनको औपचारिक शुभारम्भको घोषणा गरिनेछ ।
समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलता क्षेत्रमा एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि गर्ने वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण