गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
कैलाली । गेटा आँखा अस्पतालको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरबाट पक्राउ गरेको हो।
बानिया नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार बानिया र साथमा रहेका त्रिणेवी नगरपालिका–८ निवासी २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोईनसहित नियन्त्रणमा लिइएको हो।
उनीहरू सवार लु.प्र.०१–००१ प ९२७८ नम्बरको मोटरसाइकलको चेकजाँचका क्रममा गिरीले बोकेको झोलाभित्र प्लास्टिकमा प्याक गरिएको १० ग्राम तथा प्लास्टिकबाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।
विशेष सूचनाका आधारमा प्रहरीले गरेको यस अपरेशनको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दले गरेका थिए।
हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण