शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
कञ्चनपुर । यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन् । उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ ।
आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेका छन् । शिक्षक कर्मचारी आन्दोलनमा रहेका बेला कञ्चनुपरको वेदकोट नगरपालिका–६ सिसैयामा रहेको भुवनेश्वरी माविले भर्ना अभियान अघि बढाएको छ ।
विद्यालय व्यवस्थापन समितिले विद्यार्थी भर्ना अभियान अगाडि बढाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटीले एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना अभियान कार्यक्रम अघि बढाएका हुन् ।
वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु हुने बताएका हुन् । विद्यालय भर्ना हुन आउँदा अनिवार्य रूपमा अभिभावकलाई साथमा ल्याउन अनुरोध गरिएको छ ।
अध्यक्ष बोगटीले शिक्षकहरूले भर्ना नगर्ने उर्दीबाट अभिभावक तथा विद्यार्थीहरू बिचलित नहुन आग्रह गरे । उनले शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले भर्ना अभियान अघि बढाएको बताए ।
सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थी शिक्षकहरूको आन्दोलनका कारण रोकिन नहुने बताए । त्यसका लागि व्यवस्थापन समिति र अभिभावक संघले अभियान अगाडि बढाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण