प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिका विहीन भएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सङ्घ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताएका हुन् ।
उनले सङ्घीय कानुनहरू नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शून्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताए । उनले सङ्घ सरकारले छिटोभन्दा छिटो सङ्घीय कानुन बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने बताए ।
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि सङ्घीय निजामती, सङ्घीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू सङ्घीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याचा जस्तो भएको टिप्पणी गरे । समय सापेक्ष कानुन नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उनको भनाइ छ ।
मन्त्री लामिछानेले भने- ‘सङ्घीय कानुन नबन्दा, शिक्षा विधेयक नआउँदा अहिले १५ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ । प्रदेशको हकमा पनि सङ्घले बनाइदिनुपर्ने कानुनहरू सङ्घले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि सङ्घीय निजामती, सङ्घीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू सङ्घीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याचा जस्तो भएको छ ।’
उनले थप भने, ‘अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरू नभएको म सञ्चारमन्त्री । मैले बनाएको कानुन सङ्घीय कानुनसँग जुध्छ । सङ्घीय कानुन १२ सालको छ । त्यसको कानुनमन्त्री । तीनवटा मन्त्रालय सम्हालेको छु । तर अधिकार विहीन छु । सङ्घले समय सापेक्ष रूपमा कानुन नबनाइदिएको र बनाइदिएको कानुन पनि समय सापेक्ष नगरिदिँदा काम गर्न अत्यन्त कठिन भएको छ । नेपालमा सङ्घको प्रभाव प्रदेशमा पनि रहेको छ । त्यसलाई जतिसक्दो छिटो हटाउनुपर्छ । हामी गठबन्धन हुँदा काम गर्न अप्ठ्यारो त छैन । समस्या भनेकै सङ्घीय कानुन समयानुसार नभएकाले हो ।’
जनताले प्रदेश सरकारको भूमिका देख्नको लागि सङ्घ सरकारले जतिसक्दो छिटो कानुन बनाइदिनुपर्ने बताए । उनले प्रदेश सरकारको काम नीति तथा कार्यक्रममा बढी केन्द्रित भएको जिकिर समेत गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण