वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
काठमाडौँ । आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार बिहानैदेखि मुलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि नेपालको आईसीसीको यू–१९ विश्वकपमा पुग्नबाट वञ्चित हुन पुगेको हो। दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द भयो ।
यू–१९ विश्वकपको एसिया छनोटमा शनिबार नेपाल र अफगानिस्तानबिच निर्णायक खेल हुँदै थियो। तर यस्तोमा अफगानिस्तान भाग्यमानी साबित भयो र विश्वकपको लागि छानियो । ११ बजे पानी पर्न रोकिएपछि पनि आउट फिल्ड नसुकेपछि खेल रद्द गरिएको हो । आठ पटक यु–१९ विश्वकप खेलिसकेको नेपाली टोली यो पटक भने निराश बन्यो ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिच निर्णायक खेल रद्द भएको हो । करिब ५ घण्टासम्म मैदान सुकाउने प्रयास गरे पनि मैदानको केही भाग भने खेल खेलाउन अयोग्य नै रह्यो । अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरेका थिए ।
समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए । तर अफगानिस्तान नेट रनरेटमा अगाडि रहेका कारण नेपाल विश्वकप खेल्न असफल भयो । नेपाल र अफगानिस्तानको आज अंक बाँडिँदा समान ७–७ अंक भयाे । तर अफगानिस्तान अगाडि बढ्यो ।
पारस खड्काको समयमा नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। त्यसपछि भने रोकिँदै नेपाल सन् २०१२ र २०१६ को विश्वकपमा पुगेको थियो । त्यसपछि युवा टोली आठ वर्ष यू–१९ विश्वकपबाट बाहिरै रहन पुग्यो । पछिल्लो पटक नेपालले सन् २०२४ मा यो विश्वकप खेलको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण