बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
आईसीसी यु–१९ विश्वकप

वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

शनिबार, ०६ वैशाख २०८२, १४ : ४८
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार बिहानैदेखि मुलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि नेपालको आईसीसीको यू–१९ विश्वकपमा पुग्नबाट वञ्चित हुन पुगेको हो। दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द भयो । 

यू–१९ विश्वकपको एसिया छनोटमा शनिबार नेपाल र अफगानिस्तानबिच निर्णायक खेल हुँदै थियो। तर यस्तोमा अफगानिस्तान भाग्यमानी साबित भयो र विश्वकपको लागि छानियो ।  ११ बजे पानी पर्न रोकिएपछि पनि आउट फिल्ड नसुकेपछि खेल रद्द गरिएको हो । आठ पटक यु–१९ विश्वकप खेलिसकेको नेपाली टोली यो पटक भने निराश बन्यो ।  

आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिच निर्णायक‌ खेल रद्द भएको हो । करिब ५ घण्टासम्म मैदान सुकाउने प्रयास गरे पनि मैदानको केही भाग भने खेल खेलाउन अयोग्य नै रह्यो । अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरेका थिए । 

समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए । तर अफगानिस्तान नेट रनरेटमा अगाडि रहेका कारण नेपाल विश्वकप खेल्न असफल भयो । नेपाल र अफगानिस्तानको आज अंक बाँडिँदा समान ७–७ अंक भयाे । तर अफगानिस्तान अगाडि बढ्यो । 

पारस खड्काको समयमा नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। त्यसपछि भने रोकिँदै नेपाल सन् २०१२ र २०१६ को विश्वकपमा पुगेको थियो । त्यसपछि युवा टोली आठ वर्ष यू–१९ विश्वकपबाट बाहिरै रहन पुग्यो । पछिल्लो पटक नेपालले सन् २०२४ मा यो विश्वकप खेलको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप