राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
शनिबार, ०६ वैशाख २०८२, २० : १८
काठमाडौँ । राप्रपाले आइतबार राजधानीमा तय गरेको आन्दोलनमा जगमान गुरुङ कार्यवाहक संयोजक रहेको संयुक्त आन्दोलन समितिले साथ दिने भएको छ ।
गुरुङले शनिबार जारी गरेको विज्ञप्तिमा संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर आइतबार राप्रपाको आयोजना हुने कार्यक्रममा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने उल्लेख छ ।
यसैगरी उनले अन्य सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट हुने कार्यक्रममा पनि अभियानको साथ रहने बताए । उनले ती कार्यक्रमहरूमा सहभागी हुन समेत अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण