१० बजे १० समाचार : वर्षाले बगायो विश्वकपको सपना, पूर्वराजासँग ‘लञ्च मिटिङ’पछि राप्रपालाई चेतावनी

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको ६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ, ‘रातोपाटी ब्रिफिङ’को १० बजे १० समाचार–
- राप्रपा प्रदर्शन
राजावादी पार्टी राप्रपाले आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन कार्यक्रम तय गरेको छ । उक्त प्रदर्शनका लागि राजावादीहरूलाई पार्टीले बिजुलीबजारमा भेला हुन अनुरोध गरेको छ।
- लन्च मिटिङ
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् । उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् ।
- गोली प्रहार
बुटवल उपमहानगरपालिका बुद्धनगरमा आज बिहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्ध नगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय युवतीलाई एक युवकले गोली प्रहार गरी घाइते बनाएका थिए ।
- बार एसोसिएसन
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
- जुहारी
०८२ जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा गर्ने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबिच जुहारी चलेको छ ।
- खेलकुद
आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार बिहानैदेखि मुलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि नेपालको आईसीसीको यू–१९ विश्वकपमा पुग्नबाट वञ्चित हुन पुगेको हो। दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द भयो ।
साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै टोलीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।
- एक मत
शीर्ष तीन राजनीतिक दल गणतन्त्र तथा संविधानको रक्षाका लागि एक ठाउँमा उभिन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले समान मत प्रकट गरेका हुन् ।
- प्रथम नेपाली महिला
रातोपाटीको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १७ औँ एपिसोड नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाहका सम्बन्धमा छ ।
- फोटो फिचर
- शनिबार विशेष