रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान

काठमाडौँ । नेपाल बार एसोसिएसनले रातोपाटीकर्मी सुदर्शन आचार्यलाई सम्मान गरेको छ । शनिबार एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा पत्रकार आचार्यलाई नेपाल बार एसोसिएसन र न्यायपालिकाका क्षेत्रमा कलम चलाएको भन्दै कदरपत्रसहित सम्मान गरेको हो ।
आचार्यलाई एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरे ।
सोही कार्यक्रममा कान्तिपुर टेलिभिजनका नायब सम्पादक किरण पौडेल सम्मानित भएका थिए । यस्तै, एसोसिएसनका कार्यालय सहायक विन्दु खड्का, सवारी चालक रामकुमार ठकुरीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी