रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
काठमाडौँ । नेपाल बार एसोसिएसनले रातोपाटीकर्मी सुदर्शन आचार्यलाई सम्मान गरेको छ । शनिबार एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा पत्रकार आचार्यलाई नेपाल बार एसोसिएसन र न्यायपालिकाका क्षेत्रमा कलम चलाएको भन्दै कदरपत्रसहित सम्मान गरेको हो ।
आचार्यलाई एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरे ।
सोही कार्यक्रममा कान्तिपुर टेलिभिजनका नायब सम्पादक किरण पौडेल सम्मानित भएका थिए । यस्तै, एसोसिएसनका कार्यालय सहायक विन्दु खड्का, सवारी चालक रामकुमार ठकुरीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण