बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
आईसीसी यु–१९ विश्वकप छनोट

विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश

शनिबार, ०६ वैशाख २०८२, १५ : ०२
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज शनिबार नेपाल र अफगानिस्तानले अंक बाँड्दा नेपाल अभागी साबित भयो । वर्षाले खेल रद्द भएपछि अफगानिस्तान विश्वकपमा पुग्यो भने नेपाल बाहिरियो । 

यस्तोमा नेपाल विश्वकपबाट वञ्चित भएपछि खेल हेर्न पुगेका दर्शकहरू आक्रोशित बनेका छन् ।  बिहानैदेखि मैदानमा उपस्थित भएका उनीहरू मैदान सुकाउने काम हुँदा खेल हुनेमा आशावादी थिए । तर खेल हुन सकेन । खेल खेलाउन मैदान पूर्ण रूपमा सुकेन ।

खेल नै नभएपछि समर्थकहरूले क्यान, एसीसी र आईसीसीविरुद्ध नाराबाजी नै गरे । खेल खेलाउन नसकेको उनीहरूको आरोप थियो । क्यानप्रति भने उनीहरूले मैदान कमसल भएको आरोप लगाएका थिए । 
u-19 (1)u-19 (2)u-19 (3)u-19 (4)u-19 (5)u-19 (6)u-19 (7)u-19 (8)u-19 (9)u-19 (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप