अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाले चीनसँग अतिरिक्त भन्सार महसुलको बारेमा वार्ता गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भनेका छन् । विश्वका ठुला अर्थतन्त्रहरूले तितो व्यापार युद्ध अन्त्य गर्न सम्झौता गर्न सक्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । ‘हो, हामी चीनसँग कुरा गर्दैछौं,’ ट्रम्पले भने । आफूले कयौँ पटक चीनलाई सम्पर्क गरेको पनि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सिधै कुरा गरेका हुन् र भनेर ट्रम्पलाई सोधिएको थियो । तर यसको उनले कुनै जवाफ दिएनन् । तर, पहिले उनले यसबारे कुरा भएको धेरै सङ्केत दिएका थिए ।
‘मैले कहिल्यै भनेको छैन कि यो भयो वा भएन । यो उचित छैन ।’ सीसँगको वार्ताबारे सोध्दा उनले भने । पत्रकारहरूले उनलाई सीले सम्पर्क गरेका थिए त ? भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले हामी यसको बारेमा छिट्टै कुरा गर्नेछौँ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण