पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न रास्वपाको माग
आइतबार, ०७ वैशाख २०८२, १४ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारको विषय छानबिन गर्न माग गर्दै मागपत्र बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीसहितको टोलीले पर्यटन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन कार्यालय पोखरा र सार्वजनिक लेखा समितिसमक्ष यस्तो माग गरेको हो ।
रास्वपाले उक्त विषयमा छानबिन गर्न र शङ्काको घेरामा रहेका प्राधिकरणका पदाधिकारीसहित राजनीतिज्ञहरूलाई समेत आवश्यक अनुसन्धान तथा कारबाही गर्नुपर्ने आफ्नो मागपत्रमा उल्लेख गरेको छ ।
यसअघि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण