मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग

आइतबार, ०७ वैशाख २०८२, १६ : ०५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् । 

विगत १८ दिनदेखि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप