आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

देउवाको अनुपस्थितिमा खड्का कांग्रेसका कार्यवाहक सभापति

आइतबार, ०७ वैशाख २०८२, १६ : ४१
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गएपछि उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा आज थाइल्यान्डको राजधानी बैंकक गएका छन् ।

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप