विराट कोहली नायक बनेको खेलमा बेंगलुरु सात विकेटले विजयी
जारी आईपीएलको ३७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पन्जाब किंग्सलाई सात विकेटले हराएको छ ।
महाराजा यादवविन्द्र सिंह रंगशाला मुल्लानपुरमा १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलुरुले ३ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा भेट्टायो ।
जितमा विराट कोहली नायक बने । उनले ५४ बलमा ७३ रन जोडे । यस क्रममा उनले सात वटा चौका र एक छक्कासमेत हिर्काए ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित पूरा ओभरमा मात्र १५७ रन बनाउन सकेको थियो । उसका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् ।
आज बेंगलुरुका फिल साल्ट मात्र एक रनमा आउट भए पनि दवदत्त पाडिक्कलसँग कोहलीको १०३ रनको साझेदारी गरे । पाडिक्कलले आज उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले केवल ३५ बलमा ६१ रन बनाएर आउट भए । त्यस्तै कप्तान रजत पाटिदारले १२ रन बनाए भने जितेश शर्मा ११ रनमा नटआउट रहे ।
कोहली बने सर्वाधिक ५० प्लस रन बनाउने खेलाडी
विराट कोहली आईपीएलमा सर्वाधिक ५० प्लस रन (अर्धशतक) बनाउने खेलाडी बनेका छन् ।
आज १५ औं ओभरमा विराट कोहलीले अर्धशतक बनाए हुन् । उनले ओभरको पाँचौं बलमा एक बल लिए र ४३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । आईपीएलमा यो उनको ५९ औं अर्धशतक हो । उनले ८ शतक पनि बनाएका छन् । कोहली आईपीएलमा सबैभन्दा धेरै पटक अर्थात् ६७ पटक ५० प्लस स्कोर गर्ने खेलाडी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण