काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
काठमाडौँ । उपत्यका छेउछाउका जिल्लासहित भारत, चीन, भुटान लगायत विभिन्न देशबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो वर्ष भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ ।
नेपालका विभिन्न जिल्लाबाट पनि तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ । भक्तपुरबाट २.३२ प्रतिशत, चितवनबाट १.७२ प्रतिशत, धनकुटाबाट ०.५० प्रतिशत, दोलखाबाट ५.५१ प्रतिशत तरकारी तथा फलफूल आयात हुने गरेको समितिले जनाएको छ ।
यस्तै गोरखाबाट १.०३ प्रतिशत, इलामबाट ०.२० प्रतिशत, काठमाडौँबाट ५.८५ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ । यस्तै काभ्रेबाट ३.६३ प्रतिशत, मकवानपुरबाट १७.६४ प्रतिशत, नवलपरासीबाट ०.२१ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ ।
यस्तै नुवाकोटबाट १.२८ प्रतिशत, रामेछापबाट १.५३ प्रतिशत, ओखलढुङ्गाबाट ०.२२ प्रतिशत तरकारी तरकारी तथा फलफूल आपूर्ति हुने समितिको रिपोर्टमा उल्लेख छ । यस्तै रौतहटबाट ०.५१ प्रतिशत, सल्यानबाट ०.५० प्रतिशत, सर्लाहीबाट ३.९० प्रतिशत, सिन्धुलीबाट ०.२२ प्रतिशत, सिन्धुपाल्चोकबाट ०.२३ प्रतिशत र सुनसरीबाट ०.२२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति हुने गरेको कालीमाटी बजार समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण