बागमतीमा विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण सुरु
_ceP9oANxve.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण सुरु गरेको छ । प्रदेश सरकारले संशोधित प्रदेश स्वास्थ्य ऐन २०७५ कार्यान्वयन गर्दै विद्युतीय प्रणाली मार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण अघि बढाएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले उक्त ऐन अनुसार अनलाइनबाटै स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने कार्य गर्ने गरी प्रविधि तयार गरेको थियो । गत फागुनमा मात्र सुरुवात गरिएको उक्त प्रविधिबाट मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरणको काम अघि बढाएको हो ।
अनलाइनबाट प्राप्त निवेदनका आधारमा मन्त्रालयले आइतबारबाट स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको नेतृत्व टोलीले आइतबार काठमाडौँको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको थियो । २०० शय्याको अस्पताल सञ्चालनको अनुमति रहेको नर्भिकले नवीकरणका लागि अनलाइन मार्फत आवेदन दिएको थियो । सोही आवेदनका आधारमा सचिव डा. गौतमको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
मन्त्रालयद्वारा निर्मित विद्युतीय प्रणालीमार्फत अनुमति, नवीकरणका लागि नर्भिकको आवेदन परेपछि अनुगमन गरिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिए । उनका अनुसार नर्भिकको वैधानिक व्यवस्था, उपचार सेवा, जनशक्ति व्यवस्थापन, स्वास्थ्य प्रयोगशाला, सङ्क्रमण रोकथाम, विपद् व्यवस्थापन लगायतका मापदण्डहरू निरीक्षण गरेको हो । टोलीले अस्पतालको भौतिक संरचना, सरसफाइ, बिरामी सेवा प्रणाली तथा स्वास्थ्य सुरक्षा मापदण्डको समेत निरीक्षण गरेको उनले बताए ।
अनुगमनका क्रममा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको हालको सेवा, सञ्चालन प्रक्रिया र आगामी विस्तार योजनाबारे विस्तृत जानकारी गराएका थिए । उनले २०२५ भित्र नयाँ अत्याधुनिक भवन निर्माण गरी सेवा विस्तार गर्न लागिरहेका र यसले नेपालको निजी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा अझै थप्ने बताए । आधुनिक उपकरण, दक्ष विशेषज्ञ टोली र प्रभावकारी सेवा प्रवाहमार्फत नर्भिकले हरेक वर्ष हजारौँ बिरामीलाई सेवा दिँदै आएको कार्यकारी अधिकृत मिश्रले बताए ।
अनुगमन पछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले अनुगमन नियमित प्रक्रिया भएको बताए । स्वास्थ्य संस्थाहरूले निर्धारित मापदण्ड पालना गरे वा नगरेको सुनिश्चित गर्न अनुगमन आवश्यक रहने उनले बताए । नर्भिकले सेवा विस्तार योजनामा प्रदेशको स्वास्थ्य नीतिअनुसार काम गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अनुगमनपछि मन्त्रालयले दिएको प्रारम्भिक प्रतिक्रियामा अस्पतालको सेवा मापदण्ड सन्तोषजनक रहेको र अनुमति नवीकरण प्रक्रिया सम्बन्धित प्राविधिक मूल्याङ्कनपछि अघि बढाइने प्रवक्ता डा. गेलालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते