सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषको ‘इडली कढाई’ को सेटमा आगलागी

सोमबार, ०८ वैशाख २०८२, १४ : ०२
सोमबार, ०८ वैशाख २०८२

नयाँ दिल्ली ।  दक्षिण भारतीय अभिनेता धनुषको बहुप्रतिक्षित एक्सन फिल्म ‘इडली कढाई’ को सेटमा आगलागी भएको छ । सञ्चारमाध्यमहरूका अनुसार चर्को हावाका कारण लागेको आगो एक घण्टाभन्दा बढी समयसम्म बलिरहेको थियो । 

‘इडली कढाई’ मा धनुषले दोहोरो भूमिका निर्वाह गर्दैछन् । यस फिल्ममा उनको निर्देशन पनि रहेको छ । फिल्म थेनी जिल्लाको एन्डिपट्टीमा छायाङ्कन गरिएको थियो । यसका लागि फिल्म टोलीले नयाँ सेट निर्माण गरेको थियो । यस नयाँ सेटमा २० दिनभन्दा बढी समयसम्म छायाङ्कन जारी रह्यो । रिपोर्टका अनुसार सेटमा अचानक आगलागी भएको थियो । 

निकै प्रयासपछि मात्र अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको बताइएको छ  । राम्रो कुरा के रह्यो भने यस घटनामा कोही पनि जलेको वा घाइते भएको खबर छैन । स्रोतका अनुसार आगलागी हुँदा सुटिङ सेटमा कोही पनि थिएनन् । यो कलिउड स्टार नायक धनुषको निर्देशनमा बन्न लागेको चौथो फिल्म हो । डन पिक्चर्सको ब्यानरमा धनुष र आकाश भास्करनले यो फिल्म निर्माण गरिरहेका छन् । उनको अपोजिटमा दक्षिण भारतीय अभिनेत्री नित्या मेनन छिन् । 

फिल्ममा अरुण विजय, सत्यराज, पार्थिवन, शालिनी पाण्डे, प्रकाश राज, समुथिराकणी र राजकिरणको पनि अभिनय रहेको छ । जीभी प्रकाश कुमारद्वारा रचित यो फिल्मको छायाङ्कन लामो समयदेखि चलिरहेको थियो । स्रोतका अनुसार ‘इडली कढाई’ मा अरुण विजयले खलनायकको भूमिका निर्वाह गरिरहेका छन् । विजयसँग धनुष र अरुणको भिडन्त रोमाञ्चक हुनेछ । फिल्ममा शालिनी पाण्डेले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्माताहरूले पुष्टि गरेका छन् । 

अक्टोबर १ मा हुनेछ रिलिज 

‘इडली कढाई’ का निर्माताहरूले अप्रिल ४ मा सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका थिए । फिल्म यस वर्ष अक्टोबर १ मा सिनेमाघरमा रिलिज हुनेछ । ‘प्रतिक्षा सकियो ! इडली कढाई अक्टोबर १ बाट विश्वव्यापी रूपमा ठुलो पर्दामा आउँदैछ !’ प्रोडक्सन हाउस वन्डरबार फिल्म्सले माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा ह्यान्डलमा लेखेको छ । निर्माताहरूले यसअघि यो फिल्म यस वर्षको अप्रिल १० मा विश्वव्यापी रूपमा प्रदर्शन हुने घोषणा गरेका थिए । तर, पछि यसलाई स्थगित गर्ने निर्णय गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप