शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

इस्टरमा युद्धविराम गर्न रुसलाई ट्रम्पले दिएका थिए दबाब ?

सोमबार, ०८ वैशाख २०८२, १६ : २७
सोमबार, ०८ वैशाख २०८२

वासिङटन डिसी । रुसले हालै इस्टरको अवसरमा ३० घण्टाको युद्धविराम घोषणा गरेको थियो । उसले भनेको ३० घण्टा सकिएको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि आएको यतिबेला चर्चा भइरहेको छ । ‘रुस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुगेनन् भने ट्रम्पले शान्ति सम्झौताको लागि प्रयास त्याग्नेछ’ ट्रम्पले भनेका थिए । सोही समयमा युद्धविरामको घोषणा भएको हो । 

‘चाँडै नै शान्ति सम्झौतामा पुग्न रूस र युक्रेनले धेरै गाह्रो बनाए भने म शान्ति सम्झौताबाट पछि हट्नेछु,’ ट्रम्पले शुक्रबार भनेका थिए । अमेरिकी विदेश मन्त्रालयले आइतबारपछि पनि इस्टर युद्ध विराम जारी राख्न चाहेको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले समाचार छापेको थियो । तर त्यस्तो भएन । रुस र युक्रेनले ३० घण्टा लामो इस्टर युद्ध विरामको क्रममा एक अर्कामाथि युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका थिए । 

ट्रम्प आफैँले भने यस युद्धविरामबारे केही भनेनन् । तर रुस र युक्रेन यस हप्ता सम्झौतामा पुग्न सक्नेमा ट्रम्प आशावादी देखिएका छन् । आफ्नो सामाजिक सञ्जाल पोस्टमा अमेरिकासँग राम्रो व्यापार गर्न सकून् भनेर दुवैले सम्झौता गर्ने आशा व्यक्त ट्रम्पले गरेका थिए । 

ट्रम्पले राष्ट्रपति बनेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए । शान्ति सम्झौतामा पुग्न नसकेकोमा उनले दुवै पक्षलाई दोष दिँदै आएका छन् । रुसले युक्रेन होइन, शान्ति चाहेको भनेर देखाउन चाहेको भनेर बीबीसीका पत्रकार स्टिभ रोजेनबर्गले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप