नेपाल मगर विद्यार्थी संघको १२ औं महाधिवेशन भाँडियो
काठमाडाैँ । नेपाल मगर विद्यार्थी संघको १२ औं महाधिवेशन भाँडिएको छ । वैशाख ५ र ६ गतेका लागि तय भएको भएको महाधिवेशनको उद्घाटनसत्र सम्पन्न भएपनि बन्दसत्र भाँडिएको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना गरिएको सम्मेलनका लागि देशभरबाट १९७ जना प्रनिनिधिहरु उपस्थित थिए ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्रमा संगठनको आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विभिन्न समसामयिक प्रस्तावहरु पारित समेत भएको थियो ।
तर, नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनै लाग्दा संघका महासचिव टेकबहादुर नामजाली मगरको अध्यक्षामा रहेको अध्यक्षमण्डलको अकर्मयता, असक्षमता र अमुक राजनीतिक पार्टीको दबाबमा महाधिवेशन असफल बनाउने काम भएको अध्यक्ष मगरको भनाइ छ ।
एक विज्ञप्ती जारी गर्दै उनले पार्टीको दबाबमा महाधिवेशन असफल बनाउने काम गरेको आरोप लगाए । यसले संघको गौरवमय इतिहासमा गमभीर ठेस पुगेको उनको भनाइ छ ।
संगठनको विधान बमोजिम अर्को व्यवस्था नहुँदासम्मको लागि पुरानै नेतृत्व कायम रहेको जनाए ।
संघको सांगठनिक गरिमालाई बचाउँदै निकट भविष्यमा सर्वसम्मत निकाससहित सांगठनिक गतिविधि अगाडी बढाउने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण