नेपाल मगर विद्यार्थी संघको १२ औं महाधिवेशन भाँडियो

काठमाडाैँ । नेपाल मगर विद्यार्थी संघको १२ औं महाधिवेशन भाँडिएको छ । वैशाख ५ र ६ गतेका लागि तय भएको भएको महाधिवेशनको उद्घाटनसत्र सम्पन्न भएपनि बन्दसत्र भाँडिएको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना गरिएको सम्मेलनका लागि देशभरबाट १९७ जना प्रनिनिधिहरु उपस्थित थिए ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्रमा संगठनको आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विभिन्न समसामयिक प्रस्तावहरु पारित समेत भएको थियो ।
तर, नयाँ नेतृत्व चयनको प्रकृया सुरु हुनै लाग्दा संघका महासचिव टेकबहादुर नामजाली मगरको अध्यक्षामा रहेको अध्यक्षमण्डलको अकर्मयता, असक्षमता र अमुक राजनीतिक पार्टीको दबाबमा महाधिवेशन असफल बनाउने काम भएको अध्यक्ष मगरको भनाइ छ ।
एक विज्ञप्ती जारी गर्दै उनले पार्टीको दबाबमा महाधिवेशन असफल बनाउने काम गरेको आरोप लगाए । यसले संघको गौरवमय इतिहासमा गमभीर ठेस पुगेको उनको भनाइ छ ।
संगठनको विधान बमोजिम अर्को व्यवस्था नहुँदासम्मको लागि पुरानै नेतृत्व कायम रहेको जनाए ।
संघको सांगठनिक गरिमालाई बचाउँदै निकट भविष्यमा सर्वसम्मत निकाससहित सांगठनिक गतिविधि अगाडी बढाउने प्रतिवद्धता जनाए ।