एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।
उनका अनुसार यो मतदान दिउँसो २ बजेसम्म चल्नेछ । नोमिनेशन भएको ११ दिन पश्चात् वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ । नोमिनेशनकै दिन कर्फ्यु लागेपछि निर्वाचन स्थगन गरिएको थियो ।
गएको ३० गते महानगरको कमिटी नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदै छ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि सुन्दर राउत कुर्मी र नवराज शर्माबिच कडा प्रतिस्पर्धा हुने आङ्कलन छ । आजको मतदानमा २५६ जना मतदाताले मतदान गर्ने अध्यक्ष मण्डलका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा गुठीको जग्गा ‘रैकर’ बनाउन किर्ते : आयोगले चलायो २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण