एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।
उनका अनुसार यो मतदान दिउँसो २ बजेसम्म चल्नेछ । नोमिनेशन भएको ११ दिन पश्चात् वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ । नोमिनेशनकै दिन कर्फ्यु लागेपछि निर्वाचन स्थगन गरिएको थियो ।
गएको ३० गते महानगरको कमिटी नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदै छ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि सुन्दर राउत कुर्मी र नवराज शर्माबिच कडा प्रतिस्पर्धा हुने आङ्कलन छ । आजको मतदानमा २५६ जना मतदाताले मतदान गर्ने अध्यक्ष मण्डलका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु