ओमोडा एन्ड जेइकोले ‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्ने
काठमाडौँ । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ ।
वैशाख १२ मा हुने ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्ने कम्पनीको भनाइ छ ।
‘ओ-युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् ।
सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण-रूपमा विद्युतीय गाडी ओमोडा ‘इ-फाइभ’को पनि प्रदर्शनी हुने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यसका साथै, ‘सि-थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्ने कम्पनीको भनाइ छ । यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ ।
ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिने पनि जनाइएको छ । यही क्रममा पूर्ण-विद्युतीय लाइट-आउटडोर-एसयुभी ‘जे-फाइभ बिइभि’ को प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण