ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ५१
वीरगञ्ज । पर्सामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मङ्गलवार दिउँसो ट्रकले ठक्कर दिँदा परवानीपुरका मोटरसाइकल चालक प्रदीप गुप्ताको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ट्रकले ठक्कर दिएको थियो ।
मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण