ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ५१

वीरगञ्ज । पर्सामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मङ्गलवार दिउँसो ट्रकले ठक्कर दिँदा परवानीपुरका मोटरसाइकल चालक प्रदीप गुप्ताको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ट्रकले ठक्कर दिएको थियो ।
मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता