दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
बुटवल । सुख्खा पहिरोका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुख्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका पूर्वी नवलपरासी सूचना अधिकारी डिएसपी मधु नेपालले सुख्खा पहिरो गर्दा अवरुद्ध भएको सडक खुलाउनको लागि अहिले दुई वटा डोजर प्रयोग भइरहेको रातोपाटीलाई बताए।
सडक अवरुद्ध भएसँगै मंगलबार दिउँसो दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् ।
दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुख्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण