विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन
मङ्गलबार, ०९ वैशाख २०८२, १७ : ०७

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी लिएर काठमाडौं आउन निर्देशन दिएको छ ।
देशभरका मातहतका निकायहरूलाई सार्वजनिक सूचना जारी गर्दै २४ घण्टाभित्र विद्यालयको चाँबी लिएर काठमाडौं आउन निर्देशनात्मक अनुरोध गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीलाई खटाएर भएपनि कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।
त्यसका विरुद्धमा २४ घण्टामा चाबी लिएर काठमाडौंका आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हो ।
शैक्षिक हडताल भइरहेको बेला समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तन तथा कर्मचारीहरुको हक अधिकार स्थापित गर्ने परिवर्तनमा अघि बढ्न भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन