शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

बारा । मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मात्रै शपथ ग्रहण गरेका उपाध्याय भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै २४ घण्टा नबित्दै निलम्बन परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंगलबार उनीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोमबार मात्रै उनलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
अख्तियारले उपाध्याय सहित बारा पचरौता नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध ३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ बिगोसहित मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।
नगरपालिकाले गरेको टेन्डर विज्ञापन सार्वजनिक खरिद ऐन विपरीत गरेको उनीहरूमाथि आरोप छ । बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, उपाध्याय अध्यक्ष रहेको केएस मल्टिपर्पस प्रालिबाट प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्रै पत्रिका प्रकाशन गरेर बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुक्तानी दिएको पुष्टि भएपछि तीनै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले बिगोसहित सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम अख्तियारले कैद पनि माग दाबी गरेको छ । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सो विषयमा भर्खरै जानकारी प्राप्त गरेको र छलफल गरिरहेको बताए ।
उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष हुन् । उनले एमालेबाट प्रमुख तथा उपप्रमुख निर्वाचित भएका पालिकाहरूमा तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता