नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले असंलग्न परराष्ट्र नीतिले नेपालको भलाई नहुने भएकाले संलग्न परराष्ट्र नीति नेपालले लिनुपर्ने बताएका छन्। उनले भने, जुनबेला असंलग्न नीति लिनुपर्ने अवस्था थियो लिइयो अब त्यो अवस्था छैन अब संलग्न नीतिमा नै नेपाल जानुपर्छ जो सँग काम गर्न सजिलो हुन्छ त्योसँग काम गर्नुपर्छ ।’
जनकपुरमा आयोजना गरेको ‘नेपालको समृद्धिमा भारतको भूमिका विषयक विचार गोष्ठीमा उनले भारत–चीनको बिचमा रहेका नेपालले फाइदा लिन नसकेको बताए ।
नेपालको समृद्धि कोसँग सम्बन्ध राख्दा हुन्छ त्यसैसँग सम्बन्ध राखेर अगाडि बढ्नुपर्छ, भन्दै उनले सम्बन्ध सबैसँग राख्नुपर्छ तर विशेष सम्बन्ध कोसँग राख्ने भनि नेपालले अस्पष्ट गर्नेपर्ने बताए । उनले विगतमा नेपालभन्दा गरिब रहेका देशहरु विकसित भइ सके तर यहाँ शासकका कारण नेपाल सधै गरिबका गरिब नै रहेको टिप्पणी गरे ।
मधेश प्रदेशका नीति, योजना तथा आयोगका पूर्व उपाध्यक्ष भोगेन्द्र झाले नेपाल भारतको सम्बन्ध ओली र मोदीले बनाएको सम्बन्ध होइन, यी दुई देशको सम्बन्ध नैसर्गिक सम्बन्ध रहेको धारणा राखेका छन् । नेपाल–भारत बिच पहिला समाजिक र साँस्कृतिक सम्बन्ध छ त्यसपछि मात्र राजनीतिक सम्बन्ध भएको बताउँदै उनले नेपालमा चीन जति हावी भएपनि नुवाकोटका प्याकुरेल पनि भारतीय सँस्कृति मानिरहेको टिप्पणी गरे ।
उनले नेपालको समृद्धिमा भारतको महत्वपूर्ण भूमिका रहेको बताए । नेपालको समृद्धिमा भारतको आर्थिक क्षेत्रमा मात्र होइन, समाजिक र राजनीतिक रुपमा त्यतिकै सहयोग रहेको बताउँदै उनले नेपालको आर्थिक रुपान्तरको क्षेत्रमा दीर्घकालिन रुपमा सहयोग गर्दै आएको बताए ।
भैरहवा एयरपोर्ट, जनकपुर एयरपोर्ट, बिराटनगर एयरपोर्टलगायतका एयरपोर्ट भारतको सहयोगमा बनेको हो, त्रिभुवन युनिभर्सिटीक अधिकाँश भौतिक संरचना भारतको सहयोगमा बनेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, यातायात, जलविद्युतमा पनि भारतको धेरै ठूलो लगानी र सहयोग रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण