केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई उसैको घरेलु मैदानमा आठ विकेटले हरायो । यो जितसँगै दिल्लीले प्ले–अफ चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्ली क्यापिटल्सले भने १७.५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
दिल्लीको जितमा विकेटकिपर ब्याट्सम्यान केएल राहुलले महत्वपूर्ण योगदान गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५७ रन बनाए । यस क्रममा उनले केवल ४२ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए ।
लखनउविरुद्धको खेलमा केएल राहुलले एउटा कीर्तिमान पनि बनाए । केएल राहुल आईपीएलको इतिहासमा सबैभन्दा छिटो पाँच हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले आईपीएलको केवल एक सय ३० पालीमा पाँच हजार रन पुरा गरेका हुन् ।
केएल राहुलले अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरको कीर्तिमान तोडेका हुन् । आईपीएलमा डेभिड वार्नरले एक सय ३५ पाली खेल्दै पाँच हजार रनको कोशेढुंगा पार गरेका थिए ।
यो सूचिमा तेस्रो स्थानमा भारतका विराट कोहली छन् । कोहलीले आईपीएलमा एक सय ५७ पालीमा पाँच हजार रन पुरा गरेका थिए ।
यो सूचिमा एबी डेभिलियर्स चौथो र शिखर धवन पाँचौँ स्थानमा आसिन छन् । डेभिलियर्सले एक सय ६१ पाली र शिखरले एक सय ६८ पालीमा पाँच हजार रन पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण