आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
काठमाडौँ । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको आर्थिक वृद्धिको प्रक्षेपणमा कटौती गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको ट्यारिफ युद्धका कारण विश्वभर तनाव उत्पन्न भइरहेको समयमा कोषले भारतलाई झट्का दिएको छ ।
नयाँ वर्ल्ड इकोनोमिक आउटलूकमा आईएमएफले बढ्दो व्यापार तनाव र अनिश्चिततालाई कारणको रूपमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२६ को लागि भारतको आर्थिक वृद्धि प्रक्षेपण घटाएर उसले ६ दशमलव २ प्रतिशतमा झारेको छ । यो यस अघिको प्रक्षेपणको तुलनामा शून्य दशमलव ३ प्रतिशत कम हो ।
ट्रम्पले विश्वका दर्जनौँ देशहरूमा पारस्परिक ट्यारिफ लगाउने घोषणा गरेका थिए । केही दिनपछि यसलाई शुल्क ९० दिनका लागि थाँती राखेपछि चिनियाँ सामानमाथिको ट्यारिफ भने ह्वात्तै बढाएका थिए ।
बढ्दो व्यापार तनावले नीतिगत अनिश्चितता निम्त्याएको र विश्वव्यापी वृद्धिको दृष्टिकोणको भविष्यवाणी गर्न अझ गाह्रो बनाएको आफ्नो प्रतिवेदनमा आईएमएफले जोड दिएको छ ।
यस्तो अवस्थामा आव २०२५/२६ को लागि भारतको वृद्धि अनुमानलाई ६ दशमलव २ प्रतिशतमा घटाइएको छ । जनवरीमा गरिएको प्रक्षेपणमा यो दर साढे ६ प्रतिशत हुने बताइएको थियो ।
आर्थिक समीक्षामा भारत सरकारले आव २०२६ को लागि जीडीपी वृद्धि दर ६ दशमलव ३ प्रतिशतदेखि ६ दशमलव ८ प्रतिशतका बीचरहने भनिएको छ । आव २०२५ को लागि जीडीपी वृद्धि दर साढे ६ प्रतिशत रहने तथ्याङ्क मन्त्रालयको अनुमान छ ।
कोषले भारत विश्वका कयौँ देशहरूको आर्थिक वृद्धिको अनुमानमा संशोधन गरेर घटाएको छ । २०२४ मा अनुमानित ३ दशमलव ३ प्रतिशतबाट घटेर विश्वको आर्थिक वृद्धि दर २०२५ मा २ दशमलव ८ प्रतिशतमा झर्ने बताइएको छ ।
जनवरीको प्रक्षेपणको तुलनामा यो शून्य दशमलव ५ प्रतिशत कम हो । तर, २०२६ मा यो बढेर ३ प्रतिशतमा पुग्ने भनिएको छ । यो पनि अघिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव ३ प्रतिशत कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण