बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन

बुधबार, १० वैशाख २०८२, १६ : १८
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । अस्ट्रेलियाका पूर्व क्रिकेटर किथ स्टेकपोलको ८४ वर्षको उमेरमा निधन भएको छ । 

उनी अस्ट्रेलियन टेस्ट टोलीका ओपनर ब्याट्सम्यान थिए । उनले सन् १९६६ देखि सन् १९७४ सम्म अस्ट्रेलियन टोलीका लागि ४३ टेस्ट खेलेका थिए । 

टेस्ट क्रिकेटको ८० पालीमा उनले कुल दुई हजार आठ सय सात रन बनाएका थिए । यस क्रममा उनले सात शतक र १४ वटा अर्धशतक पनि प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने दुई सय सात रन हो । 

उनले सन् १९६६ को जनवरी २८ तारिखमा इङ्गल्यान्डविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमा आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६४ बलमा ४३ रन बनाएका थिए ।

उनी स्पिन बलर पनि थिए । आफ्नो ‘डेब्यू’ टेस्टमै उनले दुई विकेट पनि लिएका थिए । 

उक्त खेलमा अस्ट्रेलिया एक पाली र नौ रनले विजयी भएको थियो । ‘किथ स्टेकपोलको निधनबाट हामी स्तब्ध भएका छौँ । उहाँले अस्ट्रेलियन क्रिकेटलाई निकै ठुलो गुन लगाउनु भएको छ,’ क्रिकेट अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सन् १९६८ को एसेस शृङ्खलाका लागि उनलाई टोलीमा समावेश गरिएको थिएन । तर, सन् १९७२ मा उनलाई फेरि टोलीको उपकप्तान बनाइएको थियो । त्यति बेला अस्ट्रेलियन टोलीको कप्तान भने इयान च्यापल थिए । उपकप्तानको भूमिकामा उनले उक्त शृङ्खलामा कुल चार सय ८५ रन बनाएका थिए ।

‘किथ स्टेकपोलको निधनबाट हामी निकै दुःखी छौँ । उहाँ निकै सहयोगी पनि हुनुहन्थ्यो । उहाँले मलाई पनि धेरैपटक सहयोग गर्नुभएको छ,’ इयान च्यापलले भनेका छन् । उनले सन् १९७४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । 

किथ स्टेकपोलले आफ्नो सक्रिय खेलजीवनको अन्तिम टेस्ट सन् १९७४ को मार्चमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । उनको परिवारमा श्रीमती पेट तथा तीन सन्तान पिटर, टोनी र एन्जेला छन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप