घरेलु मैदानमै जिम्बाबेसँग हार्यो बंगलादेश
काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबे विजयी भएको छ । पहिलो टेस्टको चौथो दिन बुधबार भ्रमणकारी टोली जिम्बाबेले बंगलादेशलाई तीन विकेटले हराएको हो । जितसँगै जिम्बाबेले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
जिम्बाबेको टोली एक सय ७४ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको थियो । जिम्बाबेले ५०.१ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । दोस्रो पालीमा जिम्बाबेका ओपनर ब्याट्सम्यानद्वय बेन कर्रन र ब्राइन बेनेटले ९५ रनको साझेदारी गरे ।
बेन कर्रनले ४४ रनको योगदान गरे । उनले ७५ बलको सामना गरी सात चौका पनि हिर्काए । अर्का ओपनर बेनेटले पनि टोलीका लागि ५४ रनको योगदान गरे । उनले ८१ बलमा एक छक्का र सात चौका पनि प्रहार गरे । बंगलादेशका बलर मेहदी हसन मिराजले पाँच विकेट लिए ।
त्यसअघि, बंगलादेशको टोली आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले ६० रनको योगदान गरे । उनले एक सय पाँच बलमा सात चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान जाकेर अलीले पनि अर्धशतकीय पाली खेले । उनले एक सय ११ बलमा एक छक्का र चार चौकाको मद्दतले ५८ रन बनाए । मोमिनुल हकले पनि टोलीको खातामा ४७ रन थपे । उनले ८४ बलमा ६ चौका प्रहार गरे ।
ओपनर महमुदुल हसन जोयले पनि ३३ रन बटुले । उनले ६५ बलमा ६ चौका हिर्काए । दोस्रो पालीमा जिम्बाबेका बलर ब्लेसिङ मुजराबानी एक्लैले ६ विकेट लिए । उनले २०.२ ओभरमा पाँच मेडन राख्दै ७२ रन खर्चिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे ।
त्यसअघि, जिम्बाबेले पहिलो पालीमा दुई सय ७३ रन बनाएको थियो । पहिलो पालीमा जिम्बाबेका लागि ओपनर ब्राइन बेनेटले ५७ रनको योगदान गरे । उनले ६४ बलमा १० चौका पनि प्रहार गरेका थिए । सिन विलियम्सले पनि अर्धशतक बनाए ।
विलियम्सले एक सय आठ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५९ रन बटुले । बंगलादेशका बलर मेहदी हसन मिराजले पाँच विकेट लिए । उनले २०.२ ओभरमा पाँच मेडन राख्दै ५२ रन खर्चिए । नाहिद राणाले पनि तीन विकेट हात पारे ।
त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशले आफ्नो पहिलो पालीमा भने एक सय ९१ रनमात्र बनाउन सकेको थियो । बंगलादेशका लागि पहिलो पालीमा मोमिनुल हकले ५६ रन बनाए । उनले एक सय पाँच बलमा एक छक्का र आठ चौका प्रहार गरे ।
कप्तान नजमुल होसैन सान्तोले पनि टोलीको खातामा ४० रन थपे । उनले ६९ बलमा ६ चौका पनि प्रहार गरे । दोस्रो पालीमा जिम्बाबेका बलर ब्लेसिङ र वेलिङ्टनले तीन–तीन विकेट लिए । दोस्रो टेस्ट अप्रिल २८ तारिखमा चेटगाउँमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026