आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, ११ वैशाख २०८२, ०६ : ५५

काठमाडौँ । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले बताए । उनले भने, ‘आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भावी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ ।’
तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै
-
अझै खुलेनन् सुनचाँदी पसल, व्यवसायी राष्ट्रिय भेलामा
-
असारमा केन्द्रीय समिति बैठक बोलाउनेबारे के भन्छन् माओवादी नेताहरू ?
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान