भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ । उनी भारतीय जनता पार्टी (बीजेपी) का पूर्वसांसद पनि हुन् । उनले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा जाहेरी पनि दर्ता गराएका छन् ।
आफ्नो समयका प्रभावशाली क्रिकेटर गौतम गम्भीरले ‘आईएसआईएस कश्मीर’ बाट आफूलाई ज्यान मार्ने धम्की आएको जाहेरीमा उल्लेख गरेका छन् । उनले दिल्ली पुलिसमा जाहेरी दर्ता गराएको समाचारमा जनाइएको छ ।
४३ वर्षीय गौतम गम्भीरले प्रहरीसँग आफ्नो र परिवारका सदस्यको सुरक्षाको माग पनि गरेका छन् । हालै पहलगाममा भएको आतंककारी आक्रमणको विषयलाई लिएर गौतम गम्भीरले चर्को आलोचना गरेका थिए । त्यसपछि आफूलाई ज्यान मार्ने धम्की आएको उनले बताएका छन् ।
अप्रिल २२ तारिखमा पहलगाममा भएको आतंककारी आक्रमणमा परी २५ भारतीय र एक नेपाली नागरिकको ज्यान गएको थियो । गौतम गम्भीरले भारतका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण