शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग

बिहीबार, ११ वैशाख २०८२, १० : ०४
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ । उनी भारतीय जनता पार्टी (बीजेपी) का पूर्वसांसद पनि हुन् । उनले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा जाहेरी पनि दर्ता गराएका छन् । 

आफ्नो समयका प्रभावशाली क्रिकेटर गौतम गम्भीरले ‘आईएसआईएस कश्मीर’ बाट आफूलाई ज्यान मार्ने धम्की आएको जाहेरीमा उल्लेख गरेका छन् । उनले दिल्ली पुलिसमा जाहेरी दर्ता गराएको समाचारमा जनाइएको छ । 

४३ वर्षीय गौतम गम्भीरले प्रहरीसँग आफ्नो र परिवारका सदस्यको सुरक्षाको माग पनि गरेका छन् । हालै पहलगाममा भएको आतंककारी आक्रमणको विषयलाई लिएर गौतम गम्भीरले चर्को आलोचना गरेका थिए । त्यसपछि आफूलाई ज्यान मार्ने धम्की आएको उनले बताएका छन् । 

अप्रिल २२ तारिखमा पहलगाममा भएको आतंककारी आक्रमणमा परी २५ भारतीय र एक नेपाली नागरिकको ज्यान गएको थियो । गौतम गम्भीरले भारतका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप