भूकम्पका कारण प्रधानन्यायाधीशको टर्की भ्रमण रद्द
बिहीबार, ११ वैशाख २०८२, ११ : ३०

काठमाडौँ । बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएको थियो ।
तर भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइको पेसी वैशाख २८ गतेका लागि तोकिएको थियो ।
आज प्रधानन्यायाधीशको इजलासमा कुनै पनि पेसी तोकिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डोल्पो ओ डोल्पो’ नियात्राको सांस्कृतिक अध्ययन
-
थानकोटमा सवारी दुर्घटना : भारतीय कार घरमा ठोक्कियो
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
गृहले भन्यो – अध्यागमन कार्यालयसँग जोडिएका समाचारबारे हाम्रो गम्भीर ध्यानाकर्षण छ
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)