भूकम्पका कारण प्रधानन्यायाधीशको टर्की भ्रमण रद्द
बिहीबार, ११ वैशाख २०८२, ११ : ३०
काठमाडौँ । बुधवार टर्कीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पका कारण प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको टर्की भ्रमण स्थगित भएको छ । टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएको थियो ।
तर भूकम्प गएपछि अन्तिम समयमा भ्रमण स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने कार्यक्रम तय भएपछि गत आइतबारदेखि नियमित सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्ति विवादसम्बन्धी रिटहरूमाथिको सुनुवाइको पेसी वैशाख २८ गतेका लागि तोकिएको थियो ।
आज प्रधानन्यायाधीशको इजलासमा कुनै पनि पेसी तोकिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण