२३ औँ दिनमा शिक्षकहरूले गरेर सडक आन्दोलनमै रक्तदान
काठमाडौँ । शैक्षिक हडताल गरेर आन्दोलनमा रहेका शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । माइतीघर–नयाँबानेश्वर सडक खण्डमा विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले रक्तदान गरेका हुन् ।
दिनहुँ नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकमै रक्तदान गरेका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।
उनीहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ । त्यस्तै एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।
शिक्षकहरूले विगतमा आफूहरूसँग गरेको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै आएका हुन् । ऐन जारी भएर एक थान ऐन हातमा नलगी घर नफर्किने उनीहरूको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण