दिपल इभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर
काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहेका ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ ।
बजेट आउनुभन्दा पहिला यस्तो अफर सार्वजनिक गरिएको हो । यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको कम्पनीको भनाइ छ ।
‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२÷८३ को निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउन सकिनेछ ।
दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउन सक्न्ेछन् ।
नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको बताइएको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण