जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
वासिङ्टन डीसी । अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । त्यहाँका गभर्नर ग्याभिन न्यूसमले बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) र अमेरिकाको आर्थिक विश्लेषण विभागको डेटालाई देखाउँदै यस्तो भनेका हुन् ।
डेटाका अनुसार क्यालिफोर्नियाको जीडीपी २०२४ मा ४१ खर्ब डलर पुगेको छ । सो अवधिमा जापानको जीडीपी ४० खर्ब १० अर्ब डलर थियो । यसको अर्थ क्यालिफोर्नियाभन्दा अगाडि अब जर्मनी, चीन र अमेरिका छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार मुलुकहरूमाथि लगाएको ट्यारिफ विरुद्ध बोल्दै गर्दा न्यूसमले राज्यको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेका थिए । अमेरिकामा सबैभन्दा ठुलो औद्योगिक र कृषि उत्पादन क्यालिफोर्नियामा छ ।
नवप्रवर्तनको केन्द्र सिलिकन भ्याली पनि यही छ । न्यूसम प्रमुख डेमोक्रेटिक नेतामध्ये एक हुन् । २०२८ को राष्ट्रपति निर्वाचनका लागि यिनी सम्भावित उम्मेदवार पनि हुन् । ट्रम्पको ट्यारिफलाई चुनौती दिँदै न्यूसमले अप्रिल १७ मा मुद्दा हालेका थिए ।
ट्रम्पले अमेरिकामा सामान पठाउने सबै देशमाथि १० प्रतिशतको न्यूनतम् ट्यारिफ लगाएका थिए । तर वार्ताका लागि यी देशहरूलाई समय दिन ९० दिनका लागि यो ट्यारिफ स्थगित गरेका छन् । मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशतको अर्को ट्यारिफ लगाएका छन् ।
तर चीनमाथि उच्च ट्यारिफका कारण यतिबेला अमेरिका र चीन व्यापार युद्धको अवस्थामा छन् । चीनबाट आउने सामानमा ट्रम्पले १४५ प्रतिशतन ट्यारिफ लगाएका छन् । यसको प्रतिकारमा चीनले पनि अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत ट्यारिफ लगाएको छ ।
पहिला नै लागिरहेको ट्यारिफमा नयाँ ट्यारिफ थपिँदा चिनियाँ सामानमाथिको ट्यारिफ २४५ प्रतिशत पुग्ने गएको हप्ता ट्रम्प प्रशासनले भनेको थियो । यस्तोमा न्यूसम राज्यको भविष्यप्रति चिन्तित बनेका छन् । ट्रम्पको ट्यारिफका कारण महँगी बढेर अमेरिका मन्दीमा जाने चेतावनी अर्थशास्त्री र बजार विश्लेषकहरूले दिइरहँदा ट्रम्पले भने यसको ठिक उल्टो राग अलापिरहेका छन् । ट्यारिफका कारण अमेरिकामा लगानी र रोजगारी फर्किने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण