रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
काठमाडौँ । चर्चित इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक बन्ने सम्भावना बढेको छ । ६५ वर्षीय एन्सेलोट्टी र ब्राजिल फुटबल महासंघबिच दोस्रो चरणको वार्ता पनि सकारात्मक रुपमा सकिएको समाचारमा जनाइएको छ ।
एन्सेलोट्टी हाल चर्चित स्पेनिस क्लब रियल म्याड्रिडका प्रमुख प्रशिक्षक हुन् । रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न नसकेपछि एन्सेलोट्टीले क्लब छाड्ने चर्चा चल्दै आएको थियो । अघिल्लो महिना डोर्भिभल जुनियरलाई बर्खास्त गरिएपछि ब्राजिलको राष्ट्रिय टोली पनि प्रशिक्षकविहीन छ ।
ब्राजिल फुटबल महासंघले पछिल्लो तीन वर्षको अवधिमा चारजना प्रशिक्षक परिवर्तन गरिसकेको छ । पछिल्लो समय ब्राजिल फुटबल महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्वेजले नै एन्सेलोट्टीलाई प्रमुख प्रशिक्षक बनाउन चासो देखाउँदै आएका छन् ।
सन् २०२२ को विश्वकपपछि नै एन्सेलोट्टीलाई ब्राजिलियन टोलीको प्रशिक्षक बनाउने तयारी गरिएको थियो । तर, त्यतिबेला वार्ता सकारात्मक हुन सकेको थिएन । त्यसपछि सन् २०२६ को विश्वकप छनोटलाई ध्यानमा राखी सन् २०२४ मा डोर्भिभल जुनियरलाई प्रशिक्षक बनाइएको थियो ।
स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडसँग प्रशिक्षक एन्सेलोट्टीको सम्झौता सन् २०२६ मा सकिँदैछ । तर, रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग पराजित भएपछि एन्सेलोट्टी पनि रियलबाट बाहिरिने बताइएको छ ।
सन् २०२१ मा रियल म्याड्रिडको प्रशिक्ष्ँक बनेका एन्सेलोट्टीले भने यस विषयमा केही पनि टिप्पणी गर्न चाहेका छैनन् । एन्सेलोट्टीले यसअघि इटालियन क्लब युभेन्ट्स, एसी मिलान र नापोली, इङ्लिस क्लब चेल्सी, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तथा जर्मन क्लब बायर्न म्युनिखमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण