२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् ।
गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न भन्दै शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् ।
शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका हुन् ।
महासंघका महासचिव तुला थापाले वार्ताको आह्वानपछि छलफलका लागि मन्त्रालयतर्फ लागेको बताए । सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि महासंघले आन्तरिक छलफल गरेको थियो ।
छलफलमा बस्ने आन्तरिक सहमतिको जानकारीपछि महासंघको तर्फबाट २५ जनालाई सिंहदरबारको गेटपास उपलब्ध गराइदिन शिक्षा मन्त्रालयले प्रहरीलाई पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण