टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक
काठमाडौँ । संक्रमणकालिन न्याय टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे अनिच्छुक देखिएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि गरिएको दोस्रो आह्वानमा अध्यक्षका लागि व्यक्तिगत तथा संस्थागत तर्फबाट १११ आवेदन परेका थिए ।
आयोगको पदाधिकारीका लागि ८२ जनाले व्यक्तिगत आवेदन दिएकोमा २९ जनाको नाम संस्थागत रुपमा सिफारिस भएको थियो । जसमध्ये बारको तर्फबाट निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसीलगायतको नाम सिफारस गरेको थियो ।
आफ्नो नाम सिफारिस भए पनि आफू आयोगको अध्यक्षका लागि इच्छुक नरहेको निवर्तमान अध्यक्ष घिमिरेले बताएका हुन् ।
‘मलाई टीआरसीको लिड गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न सोधिएको हो । बारको नेतृत्वको हिसाबले विश्वास गरेर यसले टुंगो लगाउन सक्छ भनेर मलाई उक्त जिम्मेवारीका लागि उक्त प्रस्ताव आएको होला,’ उनले भने, ‘तर क्रियाशील कानुन व्यवसायीका हिसाबले अन्य जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले म इच्छुक छैन ।’
यसबाहेक अन्य कुनै जिम्मेवारीमा जाने सम्भावना छ भनी सोधिएको प्रश्नमा उनले उक्त सम्भावना भने रहने बताए । उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आफूले बाहिरबाट गर्न सक्ने सबै सहयोगका लागि आफू तयार भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण