मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
काठमाडौँ । नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।
उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए ।
यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको थियो । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले भनेका थिए, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ । शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’
उनले संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताएका थिए ।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकको माग सम्बोधन गरी उनीहरुलाई विद्यालय फर्काउने वातावरण तयार गर्न अन्तरिम आदेश दिएपछि सरकार दबाबमा छ । सोहीअनुसार सरकारले शिक्षकलाई वार्ताका लागि आह्वान गरेपनि हालसम्म वार्ता भने हुन नसकेको हो ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले तीन साताभन्दा बढी समयदेखि राजधानीमा आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण