अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अस्पताल निर्माण गरेर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता नहुने बताएका छन् । उनले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चिताको लागि सबै क्षेत्रले गम्भीरताका साथ लिनुपर्ने बताए ।
हेटौँडामा शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिका सार्वजनिकीकरण गर्दै मुख्यमन्त्री लामाले सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्य प्रति सचेत रहेर विकास आयोजना सञ्चालन गर्नुपर्ने बताए । उनले आगामी बजेटमा स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर मन्त्रालयहरूले विकास बजेट तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘अस्पताल भवन बनाएर औजार उपकरण किनेर मात्र नागरिकको स्वास्थ्य अधिकार प्राप्त हुँदैन । सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्यको अधिकार प्रति गम्भीरताका साथ लिनुपर्छ’ उनले भने- ‘सबै मन्त्रालयहरूले बजेट कार्यक्रममा स्वास्थ्य अवस्थालाई मध्ये नजर गरेर विकास आयोजना सञ्चालन गर्नुपर्छ । वन, वातावरण, भौतिक पूर्वाधार, यातायात, खानेपानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्धारण सहित कार्यक्रम अघि बढाउनुपर्छ ।’
सरकारले विकास आयोजना र सेवा प्रवाहलाई पनि स्वास्थ्यका हिसाबले महत्वका साथ लिएको उनले बताए । प्रदेश सरकारले विकास आयोजनालाई सन्तुलित र व्यवस्थित रुपमा अघि बढाउन सबै नीतिमा स्वास्थ्य नीति लागु गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण