दुर्घटना
टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते
शुक्रबार, १२ वैशाख २०८२, १६ : १५
विराटनगर । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मोरङको हरैँचा तनावग्रस्त बनेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा हरैँचाबजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका–९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।
मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए । टिपरमा ढुङ्गा मुढा गर्दै आगजनीको प्रयास गरेपछि रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश १–२०–०५३ नम्बरको मोटरसाइकलमा सवार रहेका मियालाई ना १ ख ६२७० नम्बरको टिपरले ठक्कर दिएको थियो। दुई वटै सवारी साधन विराट चोकदेखि विराटनगरतिर आइरहेका थिए । मियाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण